
News Summary
Generated by OK AI. Editorially reviewed.- इराकको राजधानी बगदादमा सयौं नागरिकले प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्धविरामलाई समर्थन गरेका छन्।
- इजरायल र हमासबीच इजिप्ट, कतार, टर्की र अमेरिकाको मध्यस्थतामा तीन दिनको वार्तापछि युद्धविराम सम्झौता भएको थियो।
- युद्धविराम लागू भएपछि प्यालेस्टिनीहरु घर फर्किरहेका छन् र भग्नावशेष पन्छाएर शव खोज्ने काम सुरु गरिएको छ।
२६ असोज, काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा युद्धविराम गर्ने इजरायल र हमास बीच भएको सम्झौताको इराकी नागरिकहरुले समेत समर्थन गरेका छन् ।
युद्धविरामको समर्थन गर्दै इराकको राजधानी बगदादमा प्रदर्शन भएको हो । प्रदर्शनमा सयौं इराकी नागरिकहरु सहभागी भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी जनताको साथमा उभिन आह्वान गरेका छन् । प्यालेस्टिनी जनतालाई तत्काल अत्यावश्यक खाना र औषधि पुर्याउन जोड दिएका छन् ।
इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनको गहन वार्तापछि हमास र इजरायल बिहीवार युद्धविराम सम्झौता भएको थियो । इजरायली सेनाले शुक्रवार युद्धविराम लागू भएको घोषणा गर्यो ।
युद्ध रोकिएसँगै प्यालेस्टिनीहरु आफ्नो घर भएको ठाउँमा फर्किरहेका छन् । भग्नावशेष पन्छाएर शव खोज्ने काम पनि सुरु गरिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4