+
+
Shares

भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीआईपी तथा भीभीआईजीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन्।
  • गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार २७१ मध्ये १७४ नेपाल प्रहरी र ७४ सशस्त्र प्रहरीका हुन्।
  • पूर्वप्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिहरुको मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गरिएको हो।

२६ असोज, काठमाडौं । भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

२३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भीआईपी सुरक्षा पाउने व्यक्तिहरुका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना छन् ।

पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख छ ।

तर मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरुले मापदण्ड विपरित राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको हो ।

फिर्ता भएकाहरुले अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?