+
+
Shares

जनमत पार्टी औपचारिक रुपमै फुट्यो, नयाँ दलका लागि आयोगमा निवेदन  

दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सीके राउत नेतृत्वको जनमतमा साह उपाध्यक्ष थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १९:०५

२६ असोज, काठमाडौं । जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् ।

दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सीके राउत नेतृत्वको जनमतमा साह उपाध्यक्ष थिए । साह नेतृत्वको नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य लागेको बताइएको छ ।

‘५२ जना कार्यकारिणी रहेको जनमतबाट १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाइएको छ,’ एक नेताले भने, ‘आज निवेदन दिएका छौं । बाँकी प्रक्रियामा भइरहेको छ ।’

नयाँ पार्टीमा ई.सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साह लगायत लागेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले नेताहरुलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टिकरण सोध्ने र निकाला गर्ने गर्दै आएका थिए । निलम्बन र बर्खास्तमा परेकाहरु संगठित भएर नयाँ दल खोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?