News Summary
Generated by OK AI. Editorially reviewed.- ओलम्पियन धावक सन्तोषी श्रेष्ठले दिल्ली हाफ म्याराथनमा १ घण्टा १५ मिनेट ०४ सेकेन्डमा दौडेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
- सन्तोषीले सन् २०२३ को बंगबन्धु हाफ म्याराथनमा बनाएको १ घण्टा १५ मिनेट १६ सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन्।
- दिल्ली हाफ म्याराथनमा सन्तोषीले इलाइट महिलाको इन्टरनेशनल क्याटोगोरीमा प्रतिस्पर्धा गरेकी थिइन् र नेदरल्याण्डको ग्लोबल स्पोर्ट्स कम्युनिकेसन टोलीलाई धन्यवाद दिइएको छ।
२६ असोज, काठमाडौं । ओलम्पियन धावक सन्तोषी श्रेष्ठले हाफ म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । विश्वप्रसिद्ध दिल्ली हाफ म्याराथनमा उनले १ घण्टा १५ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।
यसअघि उनले सन् २०२३ मा बंगलादेशको ढाकामा भएको बंगबन्धु हाफ म्याराथनमा १ घण्टा १५ मिनेट १६ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
एआईएमएस प्रमाणित कोर्समा भएको दिल्ली हाफ म्याराथनमा सन्तोषीले इलाइट महिलामा दौडेकी थिइन् । इन्टरनेशनल इलिट क्याटोगोरीमा विश्वका उत्कृष्ट धाविकाहरूसँग प्रतिस्पर्धा गरेकी थिइन्।
दिल्ली हाफ म्याराथनमा महिलातर्फ केन्याकी लिलियनले उपाधि जितेकी छिन् । सन्तोषीलाई प्रायोजन तथा व्यवस्थापनमा सघाउने नेदरल्याण्डको ग्लोबल स्पोर्ट्स कम्युनिकेसन टोलीलाई पनि धन्यवाद दिइएको छ ।
प्रतिक्रिया 4