+

अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुँदै

२०८२ असोज  २८ गते १०:५९ २०८२ असोज २८ गते १०:५९
अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ।
  • प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र ट्रफी पाउने छन्।
  • प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिनेछ र गत वर्षको उपाधि स्थानीय राहुल लिम्बूले जितेका थिए।

२८ असोज, सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जानकारी दिएका छन् । आयोजक चतरा हाइकिङ समूहले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र ट्रफी पाउने छन् । आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ । चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुंगा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ ।

विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले बताए । विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन् ।

प्रतियोगिताका संयोजक लक्ष्मण कट्वालका अनुसार प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने छ । गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बूले ८८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेका थिए । इन्ट्री राउन्डमा १२ स्किप गरेका उनले फाइनल राउन्डमा १४ स्किप गर्दै विजेता बनेका थिए ।

पानी सुल्के
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय