+
+
Shares

दुई लाख रुपैयाँ घुस लिएको आरोपमा मालपोत धुलिखेलका खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
  • भण्डारीले दोलालघाट गाविस वडा नम्बर ७ को फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गर्न सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ।

२८ असोज, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोगमा मालपोत कार्यालय, धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

साविकको दोलालघाट गाविसको वडा नम्बर ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि खरिदार भण्डारीले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।

भण्डारीविरुद्ध २ लाख रुपैयाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?