+
+
Shares

पर्यटकले नेपालमा गर्ने खर्चको दाँजोमा विदेश घुम्ने नेपालीको खर्च धेरै

कुल भ्रमण व्ययबाट शिक्षातर्फको खर्च घटाउँदा पनि नेपालीले विदेश घुमफिरमा गरेको खर्च धेरै देखिन्छ । यस्तो रकम १४ अर्ब ५५ करोड रुपैयाँ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म नेपालको भ्रमण आय ११ अर्ब ५८ करोड रुपैयाँ छ भने भ्रमण व्यय ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
  • भ्रमण व्ययमा शिक्षाका लागि ३२ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ र शिक्षातर्फको खर्च घटाउँदा विदेश घुमफिरमा १४ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको देखिन्छ।
  • भदौसम्म खुद सेवा आय ३१ अर्ब १६ करोड रुपैयाँ घाटामा रहेको छ जुन गत आवको २७ अर्ब ९३ करोड रुपैयाँ घाटाभन्दा बढी हो।

२८ असोज, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दाँजोमा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म नेपालको भ्रमण आय ११ अर्ब ५८ करोड रुपैयाँ बराबर छ । सोही अवधिमा भ्रमण व्यय भने ४७ अर्ब ३१ करोड रुपैयाँ छ । यसमध्ये शिक्षाका लागि ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको छ ।

कुल भ्रमण व्ययबाट शिक्षातर्फको खर्च घटाउँदा नेपालीले विदेश घुमफिरमा गरेको खर्च धेरै देखिन्छ । यस्तो रकम १४ अर्ब ५५ करोड रुपैयाँ छ । भदौसम्म भ्रमण आय ९.८ प्रतिशतले बढे पनि त्यो रकम नेपालीले विदेशमा गर्ने खर्चको तुलनामा भने कम छ । अघिल्लो वर्ष भदौसम्म पर्यटकबाट हुने आम्दानी १० अर्ब ५५ करोड रुपैयाँ थियो ।

यस वर्ष भदौसम्म भ्रमण व्यय ९.६ प्रतिशत बढेको छ । अघिल्लो वर्ष शिक्षा र घुमफिरमा जाने नेपालीले ४३ अर्ब १८ करोड रुपैयाँ विदेश लगेका थिए । गत वर्ष शिक्षामा २८ अर्ब २० करोड विदेशिएको थियो ।

नेपाल आउने रकमभन्दा विदेशिने रकम धेरै हुँदा भदौसम्म खुद सेवा आय भने ३१ अर्ब १६ करोडले घाटामा रहेको देखिन्छ । गत आव सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोड घाटामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?