+
+
Shares
बक्सअफिस :

दशैंका तीनै फिल्मको १५ दिने कमाइ ५ करोडभन्दा न्यून

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले दशैंको बक्सअफिसमा रिलिज भएका चार फिल्मको कलेक्सन सार्वजनिक गरेको छ।
  • भारतीय फिल्म 'कान्तारा'ले ९ करोड २० लाख रुपैयाँ ग्रस कमाएको छ।
  • तीन नेपाली फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले क्रमशः ४ करोड ८४ लाख, ४ करोड ३८ लाख र ३ करोड ५४ लाख रुपैयाँ ग्रस कमाएका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डले दशैंको बक्सअफिसमा रिलिज भएका चार फिल्मको कलेक्सन सार्वजनिक गरेको छ ।

जसअनुसार, सिनेपाः बक्सअफिसमा भारतीय फिल्म ‘कान्तारा’को कमाइ ९ करोड २० लाख रुपैयाँ ग्रस छ ।

यसबीच, प्रदर्शनमा आएका ३ नेपाली फिल्महरू बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको कलेक्सन पनि प्रस्तुत छ ।

१३ असोजमा रिलिज भएका यी तीन नेपाली फिल्मको सोमबारसम्मको कमाइ ५ करोड ग्रसभन्दा तल छ ।

जसअनुसार, ‘बलिदान’ले प्रदर्शनको १५ दिनसम्म देशब्यापी ४ करोड ८४ लाख ९५ हजार १५ रुपैयाँ ग्रस कमाएको छ ।

‘हरिबहादुरको जुत्ता’ले सोही अवधिसम्म ४ करोड ३८ लाख ३२ हजार २५० रुपैयाँ ग्रस कलेक्सन गरेको उल्लेख छ ।

‘माइतीघर’ले ३ करोड ५४ लाख ७५ हजार १४० रुपैयाँ नेरु ग्रस कलेक्सन गरेको छ ।

खासगरि, बलिदान र हरिबहादुरको जुत्ताले के आउने सप्ताहन्तमा ५ करोड ग्रस कमाउन सक्लान् ? यो प्रतीक्षाको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?