+
+
Shares

राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ चार दिनका लागि खिच्ने भएको छ।
  • बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ सिस्टममार्फत बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन्।
  • बोलकबोलका आधारमा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब अधिक तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जम्मा ४ दिने अवधिको लागि सो रकम तान्न लागिएको हो । बुधबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सक्नेछन् ।

बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने यसमा बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी सबै रकमसम्म तोक्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?