+
+
Shares

कांग्रेसले भन्यो– संसद विघटन असंवैधानिक, वातावरण बने चुनावमा जान आपत्ति छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:५१

काठमाडौं । नेपाली कांग्रेसले चुनावको वातावरण बन्नुपर्नेमा जोड दिएको छ । भयरहित वातावरण बने ताजा जनादेशमा जान आपत्ति नहुने कांग्रेसको भनाइ छ ।

आज सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘शान्ति सुरक्षा र चुनावको वातावरण बन्छ भने फ्रेस म्यान्डेडमा जान आपत्ति छैन । भयरहित चुनाव हुन्छ भने कांग्रेस भाग्दैन ।’ तर चुनावको वातावरण बनाउनेतिर सरकारको ध्यान नगएको उनले बताए ।

प्रमुख सचेतक घिमिरेले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिको निकास संसद पुनर्स्थापना वा चुनाव नै भएको उनले बताए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस समेत साझेदार रहेको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते संसद विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

यो प्रक्रिया असंवैधानिक भएको कांग्रेसको धारणा छ । ‘संवैधानिक मार्गबाट निकास खोज्न सकेको भए राम्रो हुन्थ्यो । यो अवस्थाबारे न्यायिक परीक्षण हुन्छ । तर अहिलेको निकासको विकल्प भनेको संसद पुनर्स्थापना वा चुनाव हो,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?