+

१०० क्यापसम्म खेल्छु भनेर सोचेको नै थिइनँ : रोहित चन्द

२०८२ असोज  २९ गते १३:०१ २०८२ असोज २९ गते १३:०१
१०० क्यापसम्म खेल्छु भनेर सोचेको नै थिइनँ : रोहित चन्द

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रोहित चन्दले १०० खेल खेल्नु ठूलो कुरा भएको र देशका लागि योगदान दिन पाउँदा खुशी लागेको बताउनुभयो।
  • रोहितले २००९ मार्च २६ मा १६ वर्षको उमेरमा दशरथ रंगशालामा सिनियर टिमबाट डेब्यू गर्नुभएको थियो र १००औं खेल भियतनाममा खेल्नुपरेको बताउनुभयो।
  • अखिल नेपाल पुटबल संघले दुई सिजन शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेको र लिग नहुँदा खेलाडी विदेश पलायन भई राष्ट्रिय टिमका लागि खेलाडी अभाव हुने अवस्था आएको छ।

२९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रोहित चन्दले नेपालका लागि १०० खेल खेल्छु भनेर कहिल्यै नसोचेको तर खेल्न पाउनु ठुलो कुरा भएको बताएका छन् ।

एएफसी एसियन कप छनोट अन्तर्गत भियतनाम विरुद्धको दोस्रो खेलबाट रोहितले नेपालका लागि १००औं खेल पुरा गरेका थिए । ‘खुशी लाग्छ देशका लागि खेलेर १०० क्याप खेल्न पाउनु ठूलो कुरा हो’ रोहितले भनेका छन्, ‘सोचेको थिइनँ मैले १०० क्याप खेल्छु भनेर । आज यो ठाउँमा छु खुशी छु देशका लागि जसरी भनेपनि योगदान दिन पाउँदा खुशी छु।’

सन् २००९ मार्च २६ मा दशरथ रंगशालमै प्यालेस्टाइन विरुद्ध खेल्दै रोहितले १६ वर्षको उमेरमा नेपालको सिनियर टिमबाट डेब्यू गरेका थिए । रोहितको १००औं खेल दशरथ रंगशालमा हुनुपर्ने थियो । तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला फिफा र एएफसीको छनोट खेल खेलाउन अयोग्य भएपछि नेपालले भियतनाम विरुद्धकव होम पनि भियतनामके मैदानमा खेल्नु बाध्य भएको थियो ।

जसले गर्दा रोहितको १००औं खेलको खुशी घरेलु मैदान र दखर्शक अघि मनाउन भने पाएन । घरेलु मैदानमा खेल्दा दर्शकको साथले खेल पनि राम्रो हुन सक्थ्यो भन्ने रोहितको बुझाई छ र दर्शक अघि १०० खेल खेल्न पाउँदा छुट्टे मज्जा हुन्थ्यो । तर त्यसो हुन पाएन ।

‘मैले अस्तिनै भनेको थिएँ होममा म्याच हुँदा एडभान्टेज हुन्थ्यो । होममा १०० क्याप पुगेको भए अझ राम्रो हुन्थ्यो र गेम पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ’, रोहितले भने, ‘तर वर्तमान अवस्थाले खेल्न नमिल्ने भएकोले अब बाहिर आएर यसलाई नै होम म्याच सम्झेर खेल्नुपर्‍यो ।’

यस्तै रोहितले आफ्नो करियरमा सहयोग गर्ने सबैलाई धन्याद दिए । ‘मेरो करियरमा जति पनि कोचहरू, स्टाफहरू इनभल्भ हुनुहुन्छ उहाँहरूलाई धन्यवाद । उहाँहरूबाट मैले धेरै कुरा सिकेको छु । मेरो शुभचिन्तकहरूलाई पनि धेरै धेरै धन्यवाद’ उनले भने ।

उनले सबे समर्थकलाई नेपाली पुटबललाई माया गर्न आग्रह गरेका छन् । ‘नेपाली फुटबललाई माया गर्नुहोला । नेपाली फुटबल त भाछैन तैपनि हुन्छ भन्ने आशा गरौँ र नेपाली पुटबललाई माया गरौं भन्न चाहन्छु ।

अखिल नेपाल पुटबल संघ (एन्फा) ले पछिल्लो दुई सिजनको शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न सकेन भने यस सिजनको लिग पनि हुने नहुने अन्यौलमा छ ।

राष्ट्रिय टिमको लागि फुटबलको मेरुदण्ड मानिने शीर्ष श्रेणीको लिग नै नहुँदा खेलाडीहरू विदेश पलयान भइरहेका छन् र राष्ट्रिय टिमका लागि खेलाडीहरू नै अभाव हुने स्थितीमा पुग्न लागिसकेको छ ।

रोहित चन्द
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय