+
+
Shares

प्रतिनिधिसभा विघटनलाई एमालेले भन्यो- प्रतिगमन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १३:००
फाइल तस्वीर

२९ असोज, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेर टिप्पणी गरेको छ ।

सभामुख देवराज घिमिरेले बुधबार बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट नेता महेश बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।

नेता बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ‘यो (२७ भदौको संसद् विघटन गर्ने निर्णय) प्रतिगमन हो,’ उनले भने ।

८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेको स्मरण गर्दै उनले त्यसका लागि धन्यवाद दिए । अब पनि संवैधानिक मार्गबाटै निकास निकाल्नुपर्ने बताए ।

‘संसद् पुनर्स्थापना हुनुपर्छ । संसद्लाई जीवित राख्नुपर्छ । सरकारले चुनावको तयारी गरेको छैन,’ उनले भने, ‘वैधानिक संस्थालाई जीवन्त राख्नुपर्छ । यसको न्यायlक परीक्षण हुनैपर्छ । यसमा राजनीतिक दलहरूले दबाब सिर्जना गर्नुपर्छ । सभामुखले भूमिका खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?