
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री सनी लियोनीले आफ्नो कुकुरको जन्मदिन परिवारसहित मनाएकी छिन् र कुकुरलाई \'ह्याप्पी बर्थडे इजी बेबी\' भनेर माया व्यक्त गरेकी छिन्।
- सनी लियोनीले सामाजिक काममा सक्रिय भूमिका खेलेकी छिन् र बालबालिकाको शिक्षा र कल्याणसँग सम्बन्धित संस्थासँग जोडिनुका साथै जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुन्छिन्।
‘ह्याप्पी बर्थडे इजी बेबी । हामी सबै तिमीलाई धेरै-धेरै माया गर्छौ । तिमी साँच्चै प्यारी, क्युट कुडल बेबी हौ ।’
सनी लियोनीले आफ्नो कुकुरसँग केही थान तस्बिर पोस्ट गर्दै यस्तै क्याप्सन लेखेकी छिन् । आफ्ना तीन सन्तान र श्रीमानसहित उनले सानो कुकुरको जन्मदिन मनाएकी हुन् । सो अवसरमा उनले सानो तर चिटिक्क परेको डग केक राखेकी छिन् । त्यसमा एउटा क्यान्डिल बालेकी छिन् । अनि कुकुरलाई प्रेमपूर्वक माझमा राखेर उनीहरूले बर्थडे मनाएका छन् ।
त्यो सानो र मायालु कुकुर पनि सनी लियोनीको परिवारसँगै यसरी बसेकी छिन्, मानौं उनी खुसीले फुरुङ्ग छन् । सनी लियोनीको यो कुकुर कुडल प्रजातिको हो । यसलाई सबैभन्दा बुद्धिमान कुकुर प्रजातिमध्ये एक मानिन्छ । यो शान्त स्वभावको हुन्छ ।
बलिउड अभिनेत्री सनी लियोनी पछिल्लो समय फिल्ममा त्यति देखिएकी छैनन् । सन् २०११ मा उनले बलिउड फिल्म ‘जिस्म २’ बाट आफ्नो अभिनय यात्रा सुरु गरिन् र त्यसपछि ‘रागिनी एमएमएस २’, ‘एक पहेली लीला’, ‘तेरे संग यारा’ जस्ता फिल्ममा काम गरिन् ।
सनी लियोनीले सामाजिक काममा पनि सक्रिय भूमिका खेलेकी छन् । उनी बालबालिकाको शिक्षा र कल्याणसँग सम्बन्धित संस्थाहरूसँग जोडिनुका साथै जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुन्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् र आफ्नो व्यक्तिगत जीवन, करियर र परिवारका क्षणहरू फ्यानहरूसँग सेयर गर्छिन् ।
त्यसो त आज नै उनले अर्की छोरीको पनि जन्मदिन मनाएकी छिन् । सनी लियोनी दम्पतीले तीन सन्तान हुर्काइरहेका छन् । त्यसमध्ये दुई सेरोगेसीबाट जन्माएका हुन् भने एउटा छोरी ‘एडप्ट’ गरेका हुन् ।
प्रतिक्रिया 4