
३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ ।
पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।
आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यस हिसाबले भोलि शुक्रबार बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4