+
+
Shares

विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले विशेष महाधिवशेन गर्दा १४ औं महाधिवेशनकै प्रतिनिधि हुने हुँदा नयाँले प्रतिनिधि हुन नपाउने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले १४ औं विशेष महाधिवशेनमा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन्।
  • बस्नेतले विशेष महाधिवेशनमा महाधिवेशनकै प्रतिनिधिले मात्र भोट हाल्न पाउने र नयाँ पुस्ताले प्रतिनिधि हुन नपाउने प्रश्न उठाएका छन्।
  • उनले सदस्यता व्यवस्थापन समितिमा अन्य व्यक्तिहरु थप्न सुझाव दिएका छन्।

३० असोज, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवशेन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले विशेष महाधिवशेन गर्दा १४ औं महाधिवेशनकै प्रतिनिधि हुने हुँदा नयाँले प्रतिनिधि हुन नपाउने बताए।

नियमित महाधिवेशन हुन नसक्ने हो भने किन हुन सक्दैन ? त्यसको जवाफ दिनुपर्ने बस्नेतले बताए। ‘नेपाली कांग्रेस पार्टीले विशेष महाधिवेशन भनेर १४ औं महाधिवशेनका प्रतिनिधिले मात्रै भोट हाल्न पाइने अनि जेनजी पुस्ताको वकालत गर्ने तर तिनले भोट हाल्न पाउँछन् कि पाउँदैनन् ?’ बस्नेतले भने ।

महामन्त्री गगन थापा संयोजक रहेको सदस्यता व्यवस्थापन समितिमा अन्य व्यक्तिहरु पनि थप्न बस्नेतले सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?