
३० असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताएकी छिन् ।
बिहीबार केन्द्रीय कमिटीको बैठकस्थलमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउनु अहिलेको मुख्य कार्यभार भएको जिकिर गरे ।
सरकारको गतिविधि र क्रियाकलाप नियाल्दा तोकिएको मितिमा निर्वाचन हुने अवस्था नदेखिएको दाबी गर्दै सरकार मुलुकमा भयको साम्राज्य सिर्जना गरेर त्यसमार्फत आफ्नो आयु लम्ब्याउने चालमा रहेको आरोप उनले लगाए ।
सरकार राजनीतिक दलहरूसँग संवाद गरेर सहमतिको बाटोमा अघि बढ्नुको सट्टा निषेधका रुपमा अघि बढेको बताए ।
असंवैधानिक ढंगबाट बनेको सरकारले फागुन २१ मा निर्वाचन नगराउने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको उनले बताए । संसद्को पुन:स्थापना भनेर मात्रै नपुग्ने भन्दै संसद पुन:स्थापना भएपछि के गर्ने भन्नेकुरा पनि स्पष्ट हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4