+
+
Shares

कान्तिपुर फर्मास्यूटिकल्सका सञ्चालक हेमराज बडाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते २०:०८

३० असोज, काठमाडौं । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन् ।

भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

उनलाई बानेश्वर क्षेत्रबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको सीआईबीका एआईजी मनोज केसीले अनलाइनखबरलाई जानकारी दिए ।

सीआईबीले २४ असोजमा उनकी श्रीमती सुना सुवेदीलाई समेत पक्राउ गरेको थियो ।

केपीएलसम्बद्ध उनीहरूको अर्को कम्पनी कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका अध्यक्ष सुवेदी भनेर देखाइएपनि मूल सञ्चालक बडाल नै भएकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीका एआईजी केसीले बताए ।

उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?