
३० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूले बैठकका सूचना बाहिर लगेको भन्दै आपत्ति जनाएका छन् ।
आजको केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले बैठकको सूचना बाहिरिएकोप्रति आपत्ति जनाएका हुन् ।
‘पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेको छ । समाचार र भिडियो प्रशारण भइरहेका छन्,’ ओलीले भने, ‘एमालेकै केन्द्रीय सदस्यहरू समाचारदाताहरू बनिरहेका छन् । आफ्नै गरिमा त कायम राख्नुस् । आफ्नै महत्व त थाहा पाउनुस् ।’
बैठकमा बोलेका भनाइहरू बाहिरिएको भन्दै ओलीले रोष व्यक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4