+

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रायोजन

२०८२ असोज  ३१ गते ११:१४ २०८२ असोज ३१ गते ११:१४
लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रायोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगन्जमा मंसिर १८ गते पहिलो पटक लुम्बिनी स्पोर्टस अवार्ड आयोजना हुने भएको छ।
  • अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गर्ने सम्झौतापत्र आदान–प्रदान भएको छ।
  • अवार्डमा लुम्बिनी प्रदेशका उत्कृष्ट पुरुष, महिला खेलाडी, विशेष अवार्ड र उत्कृष्ट टिमलाई सम्मान गरिनेछ।

३१ असोज, काठमाडौं । नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ ।

आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।

बिहीबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गरे ।

खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताइन् । ‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु’ उनले भनिन् ।

खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ ।

रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको ब्राण्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोर्टस अवार्डको संयोजक शाहले बताइन् ।

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको उनले बताइन् ।

‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं’ उनले भनिन् ।

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिनेछ ।

लुम्बिनी स्पोर्टस अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय