+

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मगरले जिते पदक

२०८२ असोज  ३१ गते १२:२६ २०८२ असोज ३१ गते १२:२६
विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मगरले जिते पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन्।
  • अजित मगरले के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिएका छन्।
  • नेपालका अजित मगर र उमङ्ग खत्रीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिने बताएका छन्।

३१ असोज, काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जितेका छन् ।

उदयपुर गाईघाटका मगरले यस प्रतियोगितामा के१ विधा अन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिएका छन् ।

मगर ललितपुर बक्सिङ एकेडेमीसँग प्रशिक्षण लिँदै आएका छन् ।

अजित मगरले क्वार्टरफाइनलमा स्पेनी खेलाडीबाट बाई पाएका दिए। र सेमिफाइनलमा उनी अष्ट्रेलियाली खेलाडीसँग अंकमा हारे । सेमिफाइनलमा पराजित भएपछि नेपालका लागि एवाईएस विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्ने पहिलो नेपाली खेलाडी बनेको बस्नेतले जानकारी दिए ।

नेपालका उमङ्ग खत्रीले पनि ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिता सम्पन्न भएपछि दुवै खेलाडीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिने बताएका छन् ।

 

 

विश्व बक्सिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय