
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका डीएसपी भोलाकुमार भट्टले ७० औं प्रहरी दिवसको अवसरमा पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन्।
- भट्टले जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत रहँदा यो पुरस्कार पाएका हुन्।
- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालय नक्सालमा भट्टलाई पुरस्कार प्रदान गरेका थिए।
३१ असोज, काठमाडौं । नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत रहेका भट्टले यस वर्षको पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे ।
भट्ट रामेछाप जानुअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालमा थिए । त्यहाँ उनी फरार अभियुक्त पक्राउमा खटिएका थिए ।
त्यसैगरी यो वर्षको योगेन्द्र साहसिक पुरस्कार इन्स्पेक्टर दुर्गा राईले प्राप्त गरेका छन् । राई नेपाल प्रहरीको अनाश्रित गुल्म डिल्लीबजारमा कार्यरत छन् ।
प्रतिक्रिया 4