+
+
WC Series
Nepal
211/4 (20)
VS
९८ बलमा १९२ रन आवश्यक
Samoa
20/1 (3.4)
Shares

जेनजी आन्दोलनमा सघाउनेलाई पार्टीबाट बिदा गरौं : महेश बस्नेत

'अध्यक्षमाथि प्रहार हुँदा हामीले ढाड थापेर बचाऔं'

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:३३

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनलाई देश, एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको नियोजित अन्तर्राष्ट्रिय राजनीतिक अपरेशन भएको दाबी गरेका छन्।

ललितपुरमा जारी केन्द्रीय कमिटीको दशौं बैठकमा बोल्दै उनले भने, ‘राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेका छन्।’

बस्नेतले भदौ २३ र २४ गतेका घटनाहरूलाई स्वतःस्फूर्त आन्दोलन नभई आन्दोलनको आवरणमा गरिएका योजनाबद्ध हमलाको संज्ञा दिए। उनको भनाइअनुसार, यस हमलाको लक्ष्य राष्ट्र, संविधान, समृद्धि र लोकतन्त्र थियो । यही कारणले एमाले प्रत्यक्ष रूपमा निशाना बनेको उनले जिकिर गरे ।

बस्नेतले भने, ‘देशमाथि, एमालेमाथि र हाम्रो पार्टी अध्यक्षमाथि प्रहार हुँदा हामीले ढाड थापेर टाउको बचाउनु पर्थ्यो र त्यो हामीले गर्‍यौं।’

जेनजी नाम नै पश्चिमी समाजशास्त्रीय वर्गीकरणबाट आएको उल्लेख गर्दै बस्नेतले उनीहरूलाई अन्तर्राष्ट्रिय शक्तिहरूले प्रयोग गरेको आरोप लगाए। ‘उक्त षड्यन्त्रअन्तर्गत ‘जेन्जी पुस्ता’लाई माध्यम बनाएर देशका महत्वपूर्ण संरचना, राज्यका संवेदनशील दस्तावेज र सम्पदाहरू ध्वस्त पार्ने अभियान सञ्चालन गरियो।’

बस्नेतले यस्ता किसिमका ‘जेनजी आन्दोलन’ ११ देशमा भइसकेको र केहीमा जारी रहेको उल्लेख गरे । उनले ती सबै आन्दोलनमा एउटै प्रकारका झन्डा र प्रतीकहरू प्रयोग गरिएको, डिस्कर्ड एप्समार्फत योजनाहरू तयार गरिएको र समान एनजीओ/आईएनजीओ नेटवर्कहरू सक्रिय रहेको जिकिर गरे ।

उनले भने, ‘प्रदर्शनअघि गुगल म्यापमा लक्षित संरचनाहरू अपलोड गरिएको, तोडफोड र आगजनीमा सोडियम, म्याग्नेसियमजस्ता केमिकलहरू प्रयोग गरिएको घटनाहरूमा पनि समानता छन् ।’

उनले थपे, ‘यी सबै घटनाले देखाउँछ, यो केवल स्थानीय असन्तोष होइन, पूर्व–योजनाबद्ध अन्तर्राष्ट्रिय पोलिटिकल अपरेशन हो ।’

उनले नेपाली जेनजी पुस्ताको वास्तविक माग व्यवस्था परिवर्तन नभई भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमा पहुँच घट्ने डरसँग जोडिएको अवस्था परिवर्तन मात्र रहेको तर बाह्य शक्तिहरूले यही असन्तोषलाई देशविरोधी दिशामा मोडिदिएको बताए।

जेनजी आन्दोलनमा सघाउनेलाई बिदा गर्न प्रस्ताव

बस्नेतले अध्यक्ष ओलीको व्यक्तित्व र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने प्रस्ताव गरे । उनले निष्क्रिय पदाधिकारी र जेनजी आन्दोलनमा मलजल गर्नेलाई पार्टीबाट बिदा गरी कमिटी पुनर्गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

अन्तरिम सरकार र संसद् विघटन विरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि नेता बस्नेतले बैठकमा राखेका छन् ।

‘आन्दोलनको नाममा चोरी, डाका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने र प्रभावितहरूलाई राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि सरकारलाई दबाब दिने,’ उनले बैठकमा प्रस्ताव गरे ।

बस्नेतले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई सङ्केत गर्दै विद्या भण्डारीजस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द्व नबढाउन चेतावनी दिए।

उनले विकल्प खोज्ने नेताहरू प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा औँल्याउँदै युवा नेतृत्वले अब विकल्प बनेर आइसकेको र चुनौती स्वीकार्न तयार रहेको बताए।

‘अब पार्टीको सबै निकायमा युवा नेतृत्वको व्यवस्थापन गर्नु पर्दछ,’ उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?