News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप सुपर सिक्स अन्तर्गत नेपालले सामोआ विरुद्ध पहिले ब्याटिङ गर्दैछ।
- सामोआले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
- नेपालले तीन परिवर्तन गर्दै करण केसी, आरिफ शेख र ललित राजवंशीलाई पहिलो रोजाईँमा राखेको छ।
३१ असोज, काठमाडौं । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआ विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
मस्कटस्थित अल अमेरत क्रिकेट ग्राण्डमा सामोआले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
अंकतालिकामाा शीर्ष स्थानमा रहेर नेपालले सामोआ विरुद्ध तीन परिवर्तन गरेको छ । सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई आराम दिँदै करण केसी, आरिफ शेख र ललित राजवंशीलाई पहिलो रोजाईँमा राखिएको छ । करण र आरिफ छनोटमा पहिलो खेल खेल्दैछन् ।
नेपालसँगै ओमान र युएई टी२० विश्वकपमा छनोट भइसकेका छन् । समूह चरणमा पपुवा न्यु गिनीलाई पराजित गरेको सामोआ भने सुपर सिक्समा जितविहिन छ ।
प्रतिक्रिया 4