+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

राप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १६:१३

१ कात्तिक, महेन्द्रनगर । राप्रपा नेपालको कञ्चनपुरको जिल्ला कार्यसमिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ । जिल्ला अध्यक्ष घनश्याम रावलसहित राप्रपा नेपालको जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको हो ।

राप्रपाका केन्द्रीय सहप्रवक्ता पूर्णबहादुर चन्दले शनिबार राप्रपा नेपालको जिल्ला कार्यसमिति समाहित भएको जानकारी दिए ।

उनका अनुसार जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले राप्रपा नेपालको जिल्ला कार्यसमितिलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको हो ।

सह–प्रवक्ता चन्दले राप्रपा नेपालको १४ सदस्यीय जिल्ला कार्यसमितिसँगै नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी उपरीक्षक हर्कबहादुर विष्ट पनि राप्रपामा प्रवेश भएका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?