+
+
Shares

विप्लव नेतृत्वको नेकपाले उद्योग सञ्चालन गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गतको एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १३:५४
फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गतको एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेकपाले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।

पार्टीले “नयाँ आर्थिक मार्ग” अन्तर्गत आत्मनिरभर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै बढेको जनाएको छ ।

‘यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको छ भने हिउँदे बाली उत्पादनलाई व्यवस्थित गर्ने निर्णय लिएको छ । परिस्थितिले साथ दिएमा कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?