२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘…यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ?,’ ओलीले भनेका छन्, ‘अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ ? भन्ने कुरा आउँछ ।’
उनले हलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अलि पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने बताए ।
‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन । तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया 4