+
+
Shares

सिंहदरबार जलाउने सोंच राख्ने युवा हाम्रो पार्टीमा अटाउँदैनन्ः हर्क साम्पाङ

दल दर्ताका लागि निर्वाचन आयोग पुगेर आइतबार सनाखत गरेका साम्पाङ पेटको लागि मात्रै होइन, देशका लागि पनि सोच्ने युवा तयार गर्ने दाबी गरे।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल श्रमलाई माया गर्ने युवाले मात्रै बन्ने बताए।
  • साम्पाङले सिंहदरबार जलाउने सोच राख्ने युवाले दलमा स्थान नपाउने उल्लेख गरे।
  • उहाँले दल दर्ताका लागि निर्वाचन आयोग पुगेपछि माटोलाई माया गर्ने युवा तयार गर्ने दाबी गरे ।

२ कात्तिक, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका मेयर हर्क साम्पाङले आफ्नो दल श्रमलाई माया गर्नेहरु पार्टी हुने बताएका छन् ।

सिंहदरबार जलाउने सोंच राख्ने युवाले आफ्नो दलमा स्थान नपाउने साम्पाङले बताए ।

दल दर्ताका लागि निर्वाचन आयोग पुगेर आइतबार सनाखत गरेका साम्पाङ पेटको लागि मात्रै होइन, देशका लागि पनि सोच्ने युवा तयार गर्ने दाबी गरे।

‘माटोलाई माया गर्ने युवाहरू तयार गर्छौं। नेपालीलाई श्रमसँग जोड्छौं,’ साम्पाङले भने,‘देशको खेताला तयार गर्छौं।’

श्रम संस्कृति पार्टी नयाँ जागरण ल्याउने दल भएको साम्पाङको दाबी गरे। विरोधीलाई पनि आफूले माया गर्ने बताउँदै साम्पाङले भने, ‘एमाले र कांग्रेसले राम्रो गरेको भए राम्रो गरे भन्न सक्नु पर्‍यो नि।’

पत्रकार, कर्मचारी वकिललगायत दलमा आवद्ध हुन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?