News Summary
Generated by OK AI. Editorially reviewed.- कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले काजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिपमा पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने भएका छन्।
- प्रतियोगिता काजाकस्तानको तुर्केस्तानमा अक्टोबर २६ देखि ३० सम्म सञ्चालन हुनेछ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरेका छन्।
२ कात्तिक, काठमाडौं । कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका छन् ।
काजखस्तानको तुर्केस्तानमा अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा सञ्जयकुमार यादव रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुस्ती संघका अध्यक्ष समेत रहेका राखेपका सदस्य प्रकाशकुमार कुसारी र महासचिव खगेन्द्र बस्नेतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
टोली अक्टोबर २६ तारिखमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया 4