+

एमबाप्पेको गोलमा रियल विजयी

२०८२ कात्तिक  ३ गते ८:३८ २०८२ कात्तिक ३ गते ८:३८
एमबाप्पेको गोलमा रियल विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले केलिएन एमबाप्पेको ८०औं मिनेटको गोलमा गेटाफेलाई १-० ले पराजित गरेको छ।
  • यो जितपछि रियल मड्रिड ९ खेलबाट २४ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
  • गेटाफेका दुई खेलाडीले रातो कार्ड पाएपछि उनीहरू ९ खेलाडीमा सीमित भएर खेलको अन्त्यत गरेका थिए।

३ कात्तिक, काठमाडौं । केलिएन एमबाप्पेको एक मात्र गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

गेटाफेका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा एमबाप्पेले ८0औं मिनेटमा विजयी गोल गरेका थिए । उनले अर्दा गुलेरको पासमा गोल गरे ।

गेटाफेका एलान नायोमले ७७औं मिनेटमा रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो । रियलका भिनिसियस जुनियरला२ फल गरेपछि नायोम मैदान प्रवेश गरेको ४० मिनेटमै रातो कार्ड सामना गर्दै बाहिरिएका हुन्। त्यसको फाइदा उठाउँदै रियलले गोल गरेको थियो ।

यस्तै एलान सानक्रसले पनि ८४औं मिनेटमा रातो कार्ड पाएपछि गेटाफेले ९ खेलाडीमा रहेर खेलको अन्त्यत गरेको थियो ।

जितपछि रियल मड्रिड ९ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो  । समान खेलबाट २२ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

रियल र गेटाफेबीचको खेल सुरु भएपछि दुवै टोलीका खेलाडीहरु १५ सेकेण्डसम्म मुभ नभई बसेका थिए ।

डिसेम्बरमा भियारियाल र बार्सिलोनाबीचको ला लिगाको खेल अमेरिकामा गराउने निर्णयको विरोध भइरहेकोले रियल र गेटाफेबीचको खेलअघि पनि त्यो देखिएको हो ।

 

 

ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय