+

लिभरपुलमाथि युनाइटेडको जित

२०८२ कात्तिक  ३ गते ८:४७ २०८२ कात्तिक ३ गते ८:४७
लिभरपुलमाथि युनाइटेडको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलको घरेलु मैदान एनफिल्डमा २-१ ले जित हासिल गरेको छ।
  • युनाइटेडका ब्रयान एमबेउमो र ह्‍यारी मागुएरले एक-एक गोल गरे भने लिभरपुलका कोडी गाक्पोले एक गोल फर्काए।
  • जितसँगै युनाइटेडले ८ खेलमा १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने लिभरपुल १५ अंकसहित चौथो स्थानमा छ।

३ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि जित हासिल गरेको छ ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो ।

युनाइटेडको जितमा ब्रयान एमबेउमो र ह्‍यारी मागुएरले १-१ गोल गरे । लिभरपुलका कोडी गाक्पोले एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमै अमादको पासमा एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७८औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।

तर ८४औं मिनेटमा मागुएरले युनाइटेडका लागि विजयी गोल गरे ।

जितसँगै ८ खेलमा १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल १५ अंकका साथ चौथोमा छ ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर युनाइटेड लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय