+
+
Shares

‘वरिष्ठ बलराम’लाई अस्ट्रेलियामा पहिलो साता ११२ शोज, नेपालमा बुकिङ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘वरिष्ठ बलराम’ भाइटीका अवसरमा नेपाल र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ र अग्रिम टिकट बिक्री सुरु भएको छ।
  • अस्ट्रेलियामा न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड लगायत आठ स्थानमा फिल्म रिलिज हुने वितरण कम्पनी सेभेन सिज सिनेमाले जनाएको छ।
  • नेपालमा प्रदर्शन तालिका बुधबार बेलुकासम्म पूर्णता पाउनेछ र निर्देशक सुरेन्द्र पौडेलले फिल्म राम्रो बनेको दाबी गर्नुभएको छ।

काठमाडौं । भाइटीका अवसरमा विहिबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम टिकट बिक्री सुरु भएको छ ।

यो फिल्म उक्त दिन नेपाल र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ । नेपालमा बुकिङ खुलेपनि शोजको अन्तिम तालिका भने आउन बाँकी छ ।

वितरकले अस्ट्रेलियाको प्रदर्शन तालिका सार्वजनिक गरेका छन् । त्यहाँका न्यू साउथ वेल्स, अस्ट्रेलियन राजधानी क्षेत्र एक्ट, भिक्टोरिया, क्वीन्सल्याण्ड, तास्मानिया, डार्विन, पर्थ, एडिलेडमा फिल्म रिलिज तय भएको छ ।

जसअनुसार, न्यू साउथ वेल्सका ८ हल, भिक्टोरियाका ३, क्वीन्सल्याण्डका २, तास्मानिया–डार्विन–पर्थमा १–१ र एडिलेडका २ हलमा फिल्म रिलिज हुने वितरण कम्पनी सेभेन सिज सिनेमाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फिल्म विश्वब्यापी रिलिज हुने जानकारी वितरक रमेश चौलागाईंले दिए । उनका अनुसार पहिलो साता इभेन्ट सिनेमाजमा फिल्मले ६८, हुट्स सिनेमामा २६ र भिलेज सिनेमाजमा १८ गरि ११२ शोज तय भएको छ ।

३० अक्टोबरदेखि मध्यपूर्व र बेलायतमा रिलिज हुने जनाइएको छ ।

नेपालको प्रदर्शन तालिकाले बुधबार बेलुकासम्म पूर्णता पाउनेछ । किनभने, अहिले चलिरहेका फिल्म र आउन लागेका फिल्मको शोजबीच सन्तुलन मिलाउनु पर्ने भएकाले ‘वरिष्ठ बलराम’का शो प्रकाशित हुन बाँकी रहेको हल संचालकले जनाएका छन् ।

‘रिलिजपछि हाम्रो फिल्मको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो फिल्म बनाएका छौँ’ निर्देशक सुरेन्द्र पौडेलले भने ।

ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले फिल्म पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ ।

फिल्ममा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?