+
+
Shares

ओलीले जाँचबुझ आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री

'ओलीलाई उपत्यका छाड्न सरकारले होइन, जाँचबुझ आयोगले रोकेको हो'

‘अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ । जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ ।’ गृहमन्त्री अर्यालले भने।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउने बताएका छन्।
  • अर्यालले ओलीलाई \'म कानुनभन्दा माथि छु\' भन्ने ओलीलाई लागेको भए अब कानुनी दायरामा ल्याइने बताए।
  • ओलीलाई उपत्यका छाड्न सरकारले नभई जाँचबुझ आयोगले रोक लगाएको अर्यालले स्पष्ट पारे।

४ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँने बताएका छन् ।

अनलाइनखबरलाई विस्तृत अन्तर्वार्ता दिँदै गृहमन्त्री अर्यालले भने, ‘ उहाँ (केपी ओली) ‘सुपर सिटिजन’ त होइन । पूर्वराजा आफैंले ‘पूर्व–राजा’ भनेर लेख्नुहुन्छ । त्यत्रो इतिहास भएको राजसंस्थाको राजा त सामान्य नागरिक हो भनिरहनुभएको छ । अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ । जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ ।’

ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्ने नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए । तर गृहमन्त्री अर्याललेले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् ।

यस्तै ओलीलाई उपत्यका छाड्नका लागि सरकारले नभई जाँचबुझ आयोगले रोकेको गृहमन्त्रीको भनाइ छ।

ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्ने नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए । तर गृहमन्त्री अर्याललेले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् । उनले ओली यो मुलुकका विशेष नागरिक नरहेकाले समान्य नागरिक सरह सरकारले व्यवहार गर्ने बताए ।

‘सरकारले त्यो बन्देज लगाएको हैन । उहाँको मतिले (सरकारले) रोक लगाएको देखेछ । तर त्यो आयोगले गरेको निर्णय हो । आयोग स्वतन्त्र ढंगले चलेको छ । यस्ता विषयमा उहाँले अपवाह फैलाउनु भएन, मति सुध्रिनुपर्‍यो’  उनले भने ।

ओलीले अपवाह फैलाएर, लापरवाही गरेर, उट्पट्याङ कुरा गरेर नै देशलाई यत्रो भड्खालोमा हालेको गृहमन्त्रीको आरोप छ । ‘सुरक्षा निकाय र तिनका संयन्त्रले रिपोर्ट गर्दागर्दै उहाँले लापरवाही गर्नुभएको हो । उहाँहरुले बेलैमा ‘तपाईंले राजीनामा दिनुस् क्षति कम हुन्छ’ भन्दाभन्दै उहाँको ‘क्रिमिनल नेग्लिजेन्स’ का कारण यत्रो धनजनको क्षति भएको हो । अब उहाँको चेत खुल्नु पर्छ, उहाँको हितका लागि मैले भनेको हुँ ।’ उनले भने ।

ओलीको सुरक्षा टोली घटाएर मेयर र वडा अध्यक्षको थपेको भन्ने धारणाको पनि मन्त्री अर्यालले खण्डन गरेका छन् ।

‘मैले कसैको थपेको छैन । कोही मेयर, वडाध्यक्ष मेरो सम्पर्कमा पनि छैनन् । त्यो बेकारको कुरा हो । उहाँले कुन तथ्यको आधारमा भन्नुभयो ? त्यो ओलीजीलाई नै सोध्नुपर्छ’ उनले भने,’ मेरो लागि उहाँ अपदस्थ पूर्वप्रधानमन्त्री हो ।

उहाँको पनि जिउ ज्यानको सुरक्षा गृहमन्त्रालयकै जिम्मेवारीमा रहन्छ । मैले उहाँलाई विशेष नागरिकको रुपमा नभई समान नागरिकको व्यवहार गर्नुपर्छ । त्यसैले पनि उहाँले आफूलाई विशेष नागरिक नठान्दा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?