+
+
Shares

मिथिलामा गोबर र केराउ कुट्ने पर्व मनाइँदै

रासस रासस
२०८२ कात्तिक ५ गते ७:३०

५ कात्तिक, जलेश्वर (महोत्तरी) । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज गोधन कुट्ने पर्व मनाउँदैछन् । यहाँका गाउँबस्ती तथा टोलटोलमा मिथिलानी (नारी)हरु बिहानै गोधन कुटेर पर्व मनाउँदैछन् ।

आजका दिन बिहानै यस क्षेत्रको प्रत्येक गाउँ बस्तीको चौबाटो र चौकहरुमा महिला दिदीबहिनीहरु जमघट भएर गोबर र केराउको दानालाई ओखलमा कुट्दै गोधन कुट्ने पर्व मनाउने गरेको जलेश्वर नगरपालिका -८ का माधव झाले बताए ।

अघिल्लो दिनको राति मिथिलाको घरमा रहेको गाई भैंसीको गोठमा गोबरबाट गोधन (माता लक्ष्मी र भगवान विष्णु) को प्रतिमा बनाइको थियो भने सोही गोधनलाई राति गाईवस्तुले कुल्चेर बाँकी रहेको गोधनको भागमध्ये केहीलाई आज बिहीबार बिहान मिथिलानीहरु त्यसमा केराऊको दाना मिसाएर गोधन कुटेर गोधन कुट्ने पर्व मनाउँछन् ।

दिदीबहिनीले बजरी (गोधनबाट निकालिएको केराउका दाना) खुवाएपछि दाजुभाइले दिदीबहिनीलाई कोसेली दिने चलन रहेको छ । यसैबीच हाँसो ठट्ठाको लागि दिदीबहिनीहरुले (बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा । अर्थात केराऊको दाना खाएर केराऊ जस्तै बलियो हुनु र दान नदिए दरिद्र हुनु) भनाइ पनि भन्ने चलन छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?