News Summary
Generated by OK AI. Editorially reviewed.- पीएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा बायर लेभरकुसनलाई ७-२ को फराकिलो अन्तरले हराएको छ।
- पीएसजीका डिजायर डुलेले २ गोल गरे भने विलिन पाको, भिचा भरातस्केलिया, नुनो मेन्डेस, ओस्मान डेम्बेले र भिटिन्हाले १-१ गोल गरे।
- लेभरकुसनका एलेक्स गार्सियाले दुवै गोल गरे र खेलमा दुई खेलाडीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए।
५ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।
पीएसजीले बायर लेभरकुसनलाई ७-२ को फराकिलो अन्तरले हराएको हो । पीएसजीको जितमा डिजायर डुले २ गोल गर्दा विलिन पाको, भिचा भरातस्केलिया, नुनो मेन्डेस, ओस्मान डेम्बेले र भिटिन्हाले १-१ गोल गरे ।
लेभरकुसनका लागि दुवै गोल एलेक्स गार्सियाले गरे ।
खेलको ३३औं मिनेटमा लेभरकुसनका रोबर्ट एन्ड्रिक तथा ३७औं मिनेटमा पीएसजीका इलिया जाबार्नीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।
जितपछि पीएसजी लिग तालिकामा ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ ।
प्रतिक्रिया 4