News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै छिन्।
- कामनाको टिम नैफारूले तीन खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्राको ढोका लगभग पक्का गरेको छ।
- कामनाले तीनै खेलमा 'प्लेयर अफ द म्याच' को उपाधि जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिइरहेकी छिन्।
५ कात्तिक, काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्।
अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्।
पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै प्रतियोगिताको दमदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने टिमले निकै मिहिनेत गर्दै २५-२१, २२-२५, २५-२२ र २५-१० को सेट स्कोरसहित ३-१ को जीत दर्ता गर्यो।
तेस्रो खेल अझ रोचक रह्यो — किनभने यो खेल दुई नेपाली खेलाडीहरूबीचको भिडन्त थियो। कामनाको नैफारू क्लब र उषा भण्डारीको टिम आमनेसामने हुँदा रोमाञ्चक पाँच सेटसम्म खेल लम्बिएको थियो। तीव्र प्रतिस्पर्धामा कामनाको टिमले २१-२५, २५-२१, ०७-२५, २५-१३ र १५-१३ को नतिजासहित ३-२ को जित हात पार्यो।
कामनाले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’ को उपाधि जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएकी छन्। उनको उत्कृष्ट स्पाइक र बलियो ब्लकले टिमलाई लगातार जित हासिल गराएको छ।
हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्राको ढोका लगभग पक्का गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको यस्तो निरन्तर प्रदर्शनले नेपाली भलिबलको स्तर र गौरवलाई थप उच्च बनाएको छ।
प्रतिक्रिया 4