+
+
Shares

२३ भदौमा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भने।
  • प्रचण्डले सरकारलाई खबरदार गर्दै भने, \'युवाहरूले गर्ने आन्दोलनमा बल प्रयोग नगरियोस्, दमनको बाटो नअपनाइयोस्, यति दमन गरियो भने त्यसको परिणाम भयानक हुनेछ\'।
  • उनले २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा सबै राजनीतिक दल र राष्ट्रपतिसँग वार्ता गरी देशलाई दुर्घटना हुनबाट बचाउन सहजीकरण गरेको बताए।

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी आन्दोलन क्रममा २३ भदौमा सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन् ।

महोत्तरी रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘२३ गते जेनजीले गरेको आन्दोलन र त्यो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र नृशंस हत्या नेपालको इतिहासमा एउटा कहिले नबिर्सिने परिघटनाका रूपमा स्थापित भई नै सकेको छ ।’

प्रचण्डले आफ्नो चेतावनीका बाजुद सरकार दमनमा उत्रिएको र युवाहरूको हत्या भएको जिकिर गरे ।

‘खासगरी सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धबाट आक्रोशित युवाहरू आन्दोलनमा आउने घोषणा गरेका थिए,’ उनले थपे, ‘मैले सरकारलाई खबरदार, युवाहरूले गर्ने आन्दोलनमा बल प्रयोग नगरियोस्, दमनको बाटो नअपनाइयोस्, यति दमन गरियो भने त्यसको परिणाम भयानक हुनेछ भनेर स्ट्याटस लेखेको थिएँ ।’

युवाले आन्दोलन घोषणा गरेलगत्तै तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले स्मरण गरे । ‘यी युवाका माग जायज र सही छन् किनकि ती माग माओवादी केन्द्रले १० वर्षदेखि उठाउँदै आएकै थिए,’ उनले भने।

आन्दोलनको पहिलो दिन नै तत्काल केपी ओलीले राजीनामा नदिए परिणाम अझ भयानक हुन्छ भनेर वक्तव्य दिएको स्मरण उनले गरे ।

‘हामीले भने अनुसार खबरदारी गरे अनुसार ओलीले राजीनामा दिएको भए २४ गतेको विध्वंस रोकिन्थ्यो,’ उनले भने, ‘ओलीको अहंकार, दम्भ, मनोगत र प्रतिशोधी भावनाले २४ गते नेपालमा भयानक विध्वंस भयो, केही घण्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्यविहीनताको जस्तो स्थिति देखापर्‍यो,´ प्रचण्डले भने, `तर, हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौं या अवसर भनौं, म त्यस्तो परिस्थितिमा पनि सबै राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्ने, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर वार्ता र संवाद गर्ने अवसर मलाई प्राप्त भयो ।’

उनले आफूले देशलाई दुर्घटना हुनबाट बचाउन केही न केही सहजीकरणको भूमिका खेलेको जिकिर गरे । उनले २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा वार्ता गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?