+
+
WC Series
पोखरा एभेन्जर्स 2025
1/0 (0.0)
VS
१२० बलमा १६५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मधेश सरकारमा मन्त्रालय भागबण्डा टुंग्याउन सत्तापक्षीय पाँच दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते ९:५९
मधेशका नवनियुक्त मुख्यमन्त्री एवम् लोसपा नेता जितेन्द्र सोनलसहित सत्ता साझेदार ५ दलका नेताहरु ।

७ कात्तिक, जनकपुर । मधेश प्रदेश सरकार विस्तारबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने ती नेताले बताए ।

गत असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

सत्तापक्षीय दलहरूभित्र मन्त्रालयको भागबण्डा नटुंगिदा एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?