News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटको विजेता भएर सिधै युएईमा क्रिकेट विश्वकप लिग टु को तयारी गरिरहेको छ।
- लिग टु मा नेपालले कात्तिक ९ गते अमेरिकासँग पहिलो खेल खेल्नेछ र कात्तिक १९ गते अमेरिकासँग अन्तिम खेल खेल्नेछ।
- लिग टु का शीर्ष चार टोलीले सन् २०१७ को वान डे विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पूछारका चार टोलीले २०२७ को क्वालिफायर प्लेअफ खेल्नेछन्।
७ कात्तिक, काठमाडौं । ओमानमा भएको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटको विजेता बन्दै टी२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली क्रिकेट विश्वकप लिग टु (सीडब्लुसी-लिग टु) का लागि हाल युएईमा छ ।
तेस्रो पटक टी२० विश्वकपमा छनोट भएपछि नेपाली टोली ओमानबाट सिधै युएई गएको थियो । नेपालीहरु तिहारमा झुमेपनि क्रिकेट खेलाडीहरु भने लिग टु को तयारीका लागि नेपाल नआई सिधै युएई गएको हो ।
एकदिवसीय विश्वकप छनोटको आधारको रुपमा रहेको नेपालले द्लिग टु को आफ्नो चौथो सिरिज खेल्न लागेको हो । जहाँ नेपालसँगै, युएई र अमेरिकाले प्रतिस्पर्धा गर्नेछ ।

यही कात्तिक ९ देखि १९ गते (अक्टोबर २६-नोभेम्बर ५) सम्म हुने लिग टु को यस सिरिजमा हरेक टिमले एक आपसमा दुई-दुई खेल खेल्नेछ ।
त्यसैका लागि नेपाली टोली तयारीमा व्यस्त छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको फोटोमा खेलाडीहरु ह्याप्पी मुडमा तयारी गरिरहेका छन् ।
लिग टु मा नेपालले कात्तिक ९ गते अमेरिकासँग पहिलो खेल खेल्नेछ । यस्तै कात्तिक ११ गते युए२सँग खेल्नेछ । त्यसपछि कात्तक १५ गते अमेरिका र कात्तिक १९ गते अमेरिकासँग खेल्नेछ ।

लिग टु मा कूल ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जहाँ स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा छ । २० खेल खेलेको अमेरिका २८ अंकसहित दोस्रोमा छ । २४ खेल खेलिसकेको नेदरल्याण्ड्स २८ अंक नै भएपनि नेटरनरेटका आधारमा तेस्रोमा छ । ओमान २० खेलबाट २४ अंक जोडेर चौथो, क्यानडा २४ खेलबाट २१ अंकसहित पाँचौ र नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौं स्थानमा छ ।
नेपाले १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने नेपाल समान खेल खेलेको युएई ६ अंकसहित पूछारमा छ ।

लिग टु का शीर्ष चारमा रहने टोलीले सन् २०२७ को वान डे विश्वकप छनोटमा स्थान बनाउनेछ । यस्तै पूछारका चार टिमले २०२७ को वान डे विश्वकपको क्वालिफायर प्लेअफ खेल्न पाउँनेछ ।जहाँ लिग टु का पूछारका चार टिम र च्यालेन्ज लिगका शीर्ष ४ गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबा६ पनि शीर्ष चार टोलीले सन् २०१७ को वान डे विश्वकप छनोटमा स्थान बनाउनेछ । विश्वकप छनोटमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछ । जहाँबाट शीर्ष चार टोलीले २०२७ मा हुने वान डे विश्वकपमा स्थान बनाउनेछ ।




तस्बिर : क्यान
प्रतिक्रिया 4