७ कात्तिक, काठमाडौं । चाडपर्वको समय । अझ भनौं महान चाड तिहारको बिदा । धेरैजसो आन्तरिक पर्यटकहरू यही मौका छोपेर काठमाडौंबाहिर घुम्न निस्किएका छन् ।
दशैंको बिदामा देशभर परेको अविरल वर्षा र राजमार्गमा भएको समस्याले धेरै पर्यटक बाहिरिएनन् ।
तर, मौसम सफा भएसँगै अहिले घुम्न जानेहरूको लर्को राजमार्गमा भेटिन थालेका छन् ।
अझै, पोखरा, मनाङ, मुस्ताङ, पर्वतको कुस्मा लगायतका क्षेत्रमा पर्यटकहरूको घुँइचो बढ्न थालेको छ । सफा मौसममा घुम्ने समय निकालेका पर्यटकहरू कोही हिमालको हिँउसँग त कोही मनोरम पहाडका टाकुरासँग रमाइरहेका भेटिन्छन् ।
यसैबीच, काठमाडौंदेखि मनाङको तिलिचो तालसम्म हेलिकप्टरबाट नियाल्दा अत्यन्तै मनोरम दृश्यहरू देखिए ।
कतै बाक्ला बस्ती, कतै घना जंगल त कतै हाँसिरहेको हिमालले यतिबेला मनाङ घुम्न जाऔं जाऔं लाग्ने बनेको छ ।
थप तस्वीरहरू :

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4