+
+
Shares

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते ७:५०

९ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टरका सहचालक मदाने–१ निवासी १९ वर्षीय मेघराज पुनको मृत्यु भएको छ । उनी सडकबाट ५०० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उकालो बाटोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक मदाने–१ का २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरीले शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?