News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग ३-० को सेटमा पराजित भएको छ ।
- नेपालले चार खेलबाट १ जित र ३ हारपछि ४ अंक जोडेको छ र चौथो स्थानमा झरेको छ । नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको छ ।
- अफगानिस्तानले चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।
९ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
प्रतियोगितामा नेपालको यो तेस्रो हार हो ।
ढाकास्थित इन्डर हलमा आइतबार भएको आफ्नो चौथो खेलमा अफगानिस्तानसँग ३-० को सेटमा पराजित भएपछि नेपालको शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना सकिएको छ ।
अफगानिस्तानले नेपाललाई २५-१८, २५-१७, २५-२१ ले हरायो ।
यसअ३ि नेपाल तुर्कमेनिस्तान र बंगलादेशसँग पराजित भएको थियो । तर तेस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर नेपालले प्रतियोगितामा पुनरागमनको संकेत गरेको थियो । अफगानिस्तानसँग हारपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको हो ।
चार खेलबा६ १ जित र ३ हारपछि नेपालको ४ अंक छ । नेपाललाई सोझो सेटमा हराएपछि अफगानिस्तान चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । नेपाल चौथो स्थानमा झरेको छ ।
प्रतिक्रिया 4