+
+
Shares

माओवादी केन्द्र निकट युवाहरूले गरे जेनजी रेडफोर्स गठनको घोषणा

तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:१९

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरूले औपचारिक रूपमा जेनजी रेडफोर्स गठन भएको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेनजी रेडफोर्स अघि बढिसकेको जनाएको हो ।

पत्रकार सम्मेलनमा जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले आफूहरूको एजेन्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको जानकारी दिइन् ।

भ्रष्टाचार विरोधी अभियानका लागि सबैभन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन् ।

तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।

उनले उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायत एजेन्डा आफूहरूको रहेको बताइन् ।

तिमिल्सिनाले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतंकवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरूले जेनजीलाई पनि आतंककारी घोषणा गर्ने खतरा रहेको बताइन् ।

उनले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउँदै नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

उनले भनिन्, ‘माओवादी केन्द्रमा भ्रटाष्चार नै छैन भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् र दोषी देखिएमा हाम्रो सुप्रिम कमान्डरलाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ । रेडफोर्स भ्रष्टाचार विरुद्ध आवाज उठाउँछ । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?