+
+
Shares

** क्षमायाचनासहित भूल सुधार

यसबाट सम्बन्धित व्यक्तिलाई परेको असरप्रति माफी चाहन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:०९

**दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ३ र वडा नम्बर १० मा खगेन्द्र सुनार नामका दुई व्यक्ति छन् । ती मध्ये वडा नं. १० का खगेन्द्र सुनारको दैलेख जिल्ला अदालतमा बहुविवाहको मुद्दा छ ।

दलित अभियन्ता खगेन्द्र सुनार चाहीँ नारायण नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । उनको सुर्खेत जिल्ला अदालतमा मेहलकुना अस्पतालका स्वास्थकर्मीमाथि हातपात गरेको र प्रदेश सभाहलका सुरक्षाकर्मीमाथि ढंगामुढा प्रहारको विषयसँग सम्बन्धित मुद्दा छन् । अदालतको अवेहलना र महिलामाथि अपशब्द प्रयोग गरेको उनको अर्को मुद्दा काभ्रे जिल्ला अदालतमा पनि छ ।

तर कात्तिक ९ गते ‘बहुविवाहमा पनि मुछिएका थिए खगेन्द्र सुनार’ शीर्षकमा प्रकाशित समाचारको तथ्य चाहीँ दैलेख नारायण नगरपालिकाका ३ का खगेन्द्र सुनारसँग सम्बन्धित नरहेको पाइएको छ । त्यसैले समाचारमा उल्लेखित तथ्य त्रुटिपूर्ण रहेकाले क्षमायाचनासहित सम्बन्धित समाचार हटाइएको छ । यसबाट सम्बन्धित व्यक्तिलाई परेको असरप्रति माफी चाहन्छौं- सम्पादक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?