+
+
Shares

बहुविवाहमा पनि मुछिएका थिए खगेन्द्र सुनार

पछिल्लोपटक उनीविरुद्ध बहुविवाहको मुद्दा परेको खुलेको छ । उनले २०७९ साल असोज ५ गते २७ वर्षीया खत्री थरकी युवतीलाई बिहे गरेको भन्दै उनकी जेठी श्रीमतीले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दैलेखका खगेन्द्र सुनारलाई बहुविवाह र वैदेशिक रोजगारी ठगीसम्बन्धी मुद्दा परेको छ।
  • उनविरुद्ध स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा पक्राउ पुर्जी जारी छ।
  • विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पनि काभ्रे जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

९ कात्तिक, काठमाडौं। दैलेखका खगेन्द्र सुनारलाई सुशीला कार्कीले मन्त्री नियुक्त गर्न लागेपछि उनको विवादित कर्म एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

पछिल्लोपटक उनीविरुद्ध बहुविवाहको मुद्दा परेको खुलेको छ । उनले २०७९ साल असोज ५ गते २७ वर्षीया खत्री थरकी युवतीलाई बिहे गरेको भन्दै उनकी जेठी श्रीमतीले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् ।

साथै उनी वैदेशिक रोजगारीको ठगी आरोपमा पक्राउ समेत परेको खुलेको छ । दैलेखका युवाहरुलाई विदेश पठाउन भन्दै रकम असुलेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

खगेन्द्र दैलेखको नारायण नगरपालिका वडा नम्बर २ भैसेखोर निवासी खगेन्द्र कमान सिंहका छोरा र डिलबहादुरका नाती हुन् । उनी २०७८÷७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यी दुवै मुद्दा फर्स्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?