+
+
Shares

१ करोडसहित २ जना काठमाडौंको सानो भर्‍याङबाट पक्राउ

पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा एक करोड १० लाख ७० हजार रुपैयाँसहित धादिङकी रोजिना सुनार र चिनियाँ नागरिक जियाओ याङ पक्राउ परेका छन्।
  • पक्राउ परेकाबाट सुनका बाला, झुम्का, औठी, नत्थी, सिरबन्दी, मोबाइल, म्याकबुक र बीभीडी कार बरामद भएको छ।
  • रोजिना सुनार बैंकिङ कसुरकी फरार प्रतिवादी भएकी छिन् र उनीहरूलाई हुण्डी गर्न नहुने कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

९ कात्तिक, काठमाडौं। एक करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट उक्त रकमका साथै सुनका विभिन्न गरगहनाहरु पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । सुनका बाला २ थान, झुम्का ४ थान, औठी ३ थान, नत्थी, सिरबन्दी बरामद भएको छ ।

५ थान मोबाइल, एप्पलको म्याकबुक एक थान, बागमती प्रदेश ०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार पनि बरामद गरिएको उनले बताए ।

पक्राउ परेका मध्ये सुनार बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलेको छ ।उनीविरुद्ध प्रहरी र्वत्त गौशालामा ४ असोज २०७९ र १० फागुन २०७९ मा मुद्दा दर्ता भएको पाइएको छ । पक्राउ परेका दुबै जनालाई हुण्डी गर्न नहुने कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?