+

काभा कप पुरुष भलिबल : श्रीलंकासँग नेपाल सोझो सेटमा पराजित

२०८२ कात्तिक  १० गते १३:५६ २०८२ कात्तिक १० गते १३:५६
काभा कप पुरुष भलिबल : श्रीलंकासँग नेपाल सोझो सेटमा पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको लिग खेलमा श्रीलंकासँग ३-० को सेटमा पराजित भयो।
  • नेपालले लिगमा ४ खेलमा हार व्यहोरेर पाँचौं स्थानमा रहँदा पदक जित्ने लक्ष्य पूरा हुन सकेन।
  • नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्नेछ।

१० कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ ।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो ।

श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्‍यो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालको लिगमा यो चौथो हार हो । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदा अन्य खेलमा पराजित भयो । यसअघि नेपाल तुर्कमेनिस्तान  रअफगानिस्तानसँग पनि सोझो सेटमे पराजित भएको थियो भने बंगलादेशसँग ५ सेटमा पुगेर ३-२ ले पराजित भएको थियो ।

नेपालले कम्तीमा एक पदक जित्ने लक्ष्य लिएर बंगलादेश गएपनि ४ खेलमा हार पछि लक्ष्य पुरा हुन सकेन । श्रीलंका विरुद्धको खेल नेपालका लागि महत्वपुर्ण थियो । यदी नेपालले श्रीलंकालाई हराएर लिगमा चौथो स्थानम उक्लेको भए तेस्रो स्थानको प्लेअफका लागि खेल्ने अवसर पाउँथ्यो । तर अब त्यो सम्भावना पनि टरेको छ ।

लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपाल पाँचौ स्थानमा रह्यो । अब नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली मंगलबार खेल्नेछ ।

काभा कप पुरुष भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय