+
+
Shares

कविता नेपालीको सगरमाथा-ल्होत्से आरोहणबारेको डकुमेन्ट्री फिल्म रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री कविता नेपालीले जेठ पहिलो साता २४ घण्टाभित्रै सगरमाथा र ल्होत्से आरोहण गरिन्।
  • कविताले आफ्नो दुई हिमाल आरोहणको डकुमेन्ट्री युट्युबमा सार्वजनिक गरिन् जसको लम्बाइ १ घण्टा छ।
  • उनले डकुमेन्ट्रीमा आरोहणले सिकाएको पाठ र चुनौती पार गर्ने अनुभव सेयर गरेकी छन्।

काठमाडौ । अभिनेत्री, नृत्यांगना, पर्वतरोही तथा टिभी शो जज कविता नेपालीले जेठ पहिलो साता ८ हजार मिटरभन्दा दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरिन् ।

सगरमाथा आरोहणको २४ घण्टाभित्रै ल्होत्से आरोहण गरेर उनले आफ्नो साहस प्रदर्शन गरिन् । त्यसपछि उनको साहस र निडरताको प्रशंसा भैरहेको छ ।

प्रशंसकले कवितालाई दुई अग्ला हिमाल आरोहणलाई फिल्ममा समेट्न आग्रह गर्दै आएका थिए । प्रशंसकको आग्रहलाई मान्दै नेपालीले दुई हिमालको डकुमेन्ट्री दर्शकमाझ ल्याएकी छन् ।

जहाँ, काठमाडौैंदेखि हिमाल चढिसकेर पुनः काठमाडौं फर्किएसम्मको दृश्यहरू छन् । एड्भेन्चर फोटो–भिडियोग्राफर विधान श्रेष्ठले कविताको पर्वतारोहणका क्षणलाई फिल्ममा कैद गरेका छन् ।

कविताले आफ्नो युट्युब ह्याण्डलबाट डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी छन् । संवाद शैलीमा तयार पारिएको यो फिल्मको लम्बाइ १ घण्टा छ ।

फिल्म सार्वजनिक गर्दै कविताले लेखेकी छन्, ‘यो फिल्म संसारका दुई अग्ला हिमालहरूको मेरो यात्रा हो । सबै २४ घण्टा भित्र । सहनशीलता, प्रतिबिम्ब र ग्रोथको कथा ।’

उनले अघि भनेकी छन्, ‘यस भिडियोमा, आरोहणले मलाई के सिकाएको छ ? मैले सामना गरेका कठिनाइ, मैले पार गरेका चुनौती र जीवनप्रतिको मेरो दृष्टिकोण परिवर्तन गर्ने पाठ सेयर गरेकी छु ।’

‘मलाई आशा छ कि यो यात्राले तपाईंलाई आफ्नै चुनौतीलाई चिर्न प्रेरित गर्नेछ । जसले तपाईंलाई अघि धकेल्छ, आकार दिन्छ, र तपाईंलाई पहिलेभन्दा बलियो बन्न मद्दत गर्दछ’ नेपालीले भनेकी छन् ।

कामको कुरा गर्दा, उनी अभिनित आगामी फिल्म ‘एक्लो’ १७ पुसमा प्रदर्शन तयारीमा छ । यसबाहेक उनी, टिभी शो हिमालय रोडिजको जज पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?