+
+
Shares

दिङ्बोचेमाथि हिमपात जारी, पर्यटक सुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा क्षेत्रमा मौसम परिवर्तनसँगै बाक्लो हिमपात जारी छ र पर्यटकहरू बाटोमै रोकिएका छन्।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले सबै पर्यटक सुरक्षित स्थानमा रहेको जानकारी दिए।
  • दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा दुई हजार १ सय बढी स्वदेशी तथा विदेशी पर्यटक छन् र जोखिम बढ्ने भएकाले यात्रामा ननिस्कन आग्रह गरिएको छ।

११ कात्तिक, विराटनगर । मौसम परिवतर्नसँगै सगरमाथा क्षेत्रमा बाक्लो हिमपात जारी छ। हिमपात जारी हुँदा सगरमाथाको आधार शिविर हिँडेका र पुगेर फर्कंदै गरेका पर्यटक बाटोमै रोकिएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेका कारण पर्यटक रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

उनका अनुसार मौसम खराब भएका कारण पदयात्रामा निस्किएका पर्यटकलाई आश्रय दिन होटल व्यावसायीलाई भनिएको छ। मंगलबार बिहान आधार शिविरमा रहेका केही पर्यटक फर्किएको बताउँदै उनले सबै पर्यटक सुरक्षित स्थानमा रहेको जानकारी दिए।
दिङ्बोचेभन्दा माथिल्लो स्थानमा बाक्लो हिमपात भइरहेको छ। प्रहरी नायव उपरीक्षक कुँवरका अनुसार दुई हजार १ सय बढी स्वदेशी तथा विदेशी पर्यटक सोलुको माथिल्लो क्षेत्रमा छन्। हिमपत हुँदा जोखिम बढ्ने भएकाले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?