+
+
Shares

माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १९:०८

११ कात्तिक, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

साथै, पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो ।

नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले बताएको छ ।

‘भ्रष्टाचार अभियुक्त भएकाले उहाँको सुविधा कटौती गरिएको हो,’ सम्बद्ध स्रोतले अनलाइनखबरसँग भन्यो, ‘फेरि निवेदन हाल्नुभयो भने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर आवश्यक निर्णय हुनसक्छ ।’

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रयोग गरेका मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?