+
+
Shares

बाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले गायिका नितु पौडेल मृत्यु घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • गिरीलाई पौडेलका आफन्तको जाहेरीको आधारमा पक्राउ गरिएको थियो र उनीहरूले झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीसँगको बयानमा स्वीकारेका छन्।
  • कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा पौडेलले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन् र कात्तिक ७ गते कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो।

काठमाडौं । गायिका नितु पौडेल मृत्युको घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पौडेलका आफन्तको जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । बाबुल र नितु झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले पौडेलसँगको प्रेम सम्बन्ध स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?